संविधान सभाको म्याद जेठ १४ भन्दा बढी कुनै हालतमा नहुने भनी सर्वोच्च
अदालतले फैसला गरेपछि एक तप्का लौ अब संविधान सभा भंग हुने भो, ६०१ को
जागिर खुस्कने भो, खुच्चिङ पर्यो भन्दै उफ्रिराछन्। संविधान बन्छ कि
बन्दैन, कस्तो बन्छ, सबले स्वीकार्ने बन्छ कि बन्दैन भन्नेमा भन्दा पनि ६०१
को जागिर खुस्कन लागेकोमा उनीहरु त्यसै-त्यसै खुसीले गद्गद् छन्। तर
कुरोको चुरो फरक छ। सर्वोच्चको यो फैसलालाई नबुझिकनै जो छिट्टै खुसीमा
रमाए, उनीहरु रक्सी पनि उही, बोतल पनि उही लेबल अर्थात् नाममात्र फेरिएको
थाहा पाएपछि त्यति छिट्टै निराश हुनेछन्। संविधान सभा जेठ १५ पछि
व्यवस्थापिका संसदको नामबाट जीवितै रहनेमा अन्ततः सहमति हुने निश्चित जस्तै
छ l mysansar
No comments:
Post a Comment