Wednesday 11 January 2012

भिक्षुणीमाथि बलात्कार गर्नेलाई १२ वर्ष कैद

uploded from canadanepal
आनी -बौद्ध भिक्षुणी) लाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई चैनपुरस्थित जिल्ला अदालतले १२/१२ वर्ष कैद सजाय सुनाएको छ ।  जिल्ला न्यायाधीश  शालिग्राम कोइरालाको बन्द इजलासले उनीहरूलाई दोषी ठहर गर्दै सोमबार सजाए सुनाएको हो  । सामूहिक बलात्कार गर्ने मध्ये राजकुमार लिम्बू, भुवन कोरङगी, सोभित मगर र अभिषेख  मगरलाई १२/१२ वर्षको सजाए भएको छ भने जबरजस्ती उद्योग गरेको आरोपमा उनीहरूका साथी  द्रोणबहादुर राईलाई ६ वर्षको कैदको फैसला सुनाइएको छ । मुलुकी ऐनको जबरजस्ती करणीको महल अनुसार ४ जनालाई ३ -५) बमोजिम ७ वर्ष र सामूहिक  बलात्कार गरेकाले मुलुकी ऐनको २ क बमोजिम थप ५ वर्ष गरी १२ वर्षको सजाए सुनाइएको  स्रेस्तेदार प्रकास घिमिरेले बताए ।
घटनामा डकैटी गरेर भिक्षुणीको १ लाख ३० हजार रुपैयाँ डाँका गरेको रकम समेत  अदालतले दामासाहीले भराउने फैसला गरेको घिमिरेले बताए । अभियुक्त राजकुमार, भुवन,  सोभित र अभिषेखलाई जनही ५० हजारका दरले क्षतिपूर्ति तिराउने फैसला गरिएको उनले बताए  । सुनसरीको धरानबाट संखुवासभाको सदरमुकाम खाँदबारी आउने क्रममा गत असार १० गते  राति यात्रुबहाक बसका चालक, सहचालक र सहयोगीसहित ५ जनाले ती युवतीलाई संखुवासभाको  खराङ गाविसमा पर्ने सभाखोला किनारमा बसभित्रै बलात्कार गरेका थिए ।http://youtu.be/9oJiEtlGM1A

No comments:

Post a Comment

daily television shows Recent the news/bollywood/the other
Recent Nepali Movies Recent Hindi Movies